Incident Reports

राति १० देखि घर बाहिर निस्कन रोक l

2013-11-18

मंसिर ३ - सुरक्षा संवेदनशिलतालाई मध्यनजर राख्दै स्थानिय प्रशासनले आज राती दश बजे देखि विहान ५ सम्म जिल्लाबासीलाई सडक,बजारमा आउजाउमा प्रतिबन्ध लगाएको छ । निर्वाचनको पुर्वसन्ध्यामा राती १० बजे पछि विशेष कामले बाहिर आउन परे प्रहरी प्रशासनको आदेश लिनुपर्ने छ । यसैगरि अनुमतिपत्र नलिएका सबै सवारी साधनलाई आउजाउमा प्रतिबन्ध लगाएको छ । यो नियम राती १० बजे देखि लागु भई निर्वाचन सकिएर मतगणना शुरु नभएसम्म लागु हुने छ । तर अनुमतिपत्र लिएकाको हकमा भोली विहान देखि आउजाउ गर्न सकिने प्रजिअ विकले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis