Incident Reports

लिम्बुवान विरोधी भन्दै प्रदेश १ का अर्थमन्त्रीलाई कालोझण्डा

2019-03-14

Province 1, Dhankuta, Chaubise

३० फागुन, धनकुटा । चौबीसे गाउँपालिकाको राजारानीमा बुधबारदेखि सुरु भएको याक्थुङ चुम्लुङको २२ औं परिषद् बैठकमा सहभागी हुन पुगेका प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्वोलाई लिम्बुवान समर्थक कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।

मन्त्रीलाई कालोझण्डा देखाउने ११ युवालाई प्रहरीले पक्राउ गरेर २ घण्टापछि छाडिदिएको छ ।

आफूलाई ‘लिम्बुवान स्प्रिङ’का कार्यकर्ता बताउने ती युवाले अर्थमन्त्री आङ्बोलाई ‘लिम्बुवान विरोधी’ भन्दै कालो झण्डा देखाएका थिए ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेमले विरोध प्रर्दशनको कार्यक्रमलाई नकारात्मक रूपमा नअथ्र्याएको बताए । उनले लोकतान्त्रिक अभ्यास प्रयोग गरेर प्रर्दशन हुनु सामान्य भएको बताए ।

बिहीबारसम्म चल्ने याक्थुङ चुम्लुङको २२ औं परिषद् बैठकमा केन्द्रीय समिति, प्रादेशिक समिति, १४ जिल्ला समिति, विषयगत समितिहरूबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Collective tensions related to regional identities
Actor 1 - Number of people 11
Actor 1 - Affiliations Limbuwan/Khombuwan Organizations
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments