Incident Reports

सुतली बम सेनाद्वारा डिस्पोज, बन्दले जनजीवन प्रभावित

2019-03-14

Province 1, Udayapur, Katari, Ward 3

उदयपुर – उदयपुरको कटारी नगरपालिका ३ मा भेटिएको सुतली बम सेनाले डिस्पोज गरेको छ। बिहीबार बिहानै स्थानीयले शंकास्पद बस्तु देखेर प्रहरीलाई खबर गरेका थिए।

खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले कटारी ३ को देवीथानस्थित आँपको गाछीमुनि रहेको उक्त बम सुतली भएको प्रमाणित भएको थियो। बम भएको प्रमाणित भएसँगै नेपाली सेनालाई बोलाएर डिस्पोज गराइएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए।

डिस्पोजन टोलीलाई उद्धृत गर्दै राईले बताए अनुसार शक्तिशाली नभई सामान्य खालको बम जनजीवन आतंकित पार्नका लागि राखेको हुनसक्छ। बिहीबार बन्द भन्ने हल्ला चलिरहँदा फेला परेको उक्त बम बन्द सफल पार्नका लागि राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। अघिल्लो रातदेखि केही ठाउँमा विष्फोटका आवाज सुनिन थालेपछि प्रहरी सतर्कता जिल्लाभरी बढाइएको सुरक्षा स्रोतले जनाएको छ।

मध्यरातिदेखि बिहान ३ः०० बजेभित्र सदरमुकामबाट प्रष्ट सुनिने गरी फरक फरक ठाउँमा २–३ पटक विष्फोटको आवाज सुनिएपछि सुरक्षा सतर्कता बढाइएको एसपी राईले बताए। सरदमुकाम बोक्सेभन्दा उत्तरपटिको जंगल आसपास र त्रियुगा नगरपालिका ५ दमौटी र सप्तरीको सीमाना आसपासको जंगलक्षेत्रमा २–३ पटक विष्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्।

श्रृंखलाबद्ध विष्फोट हुन थालेपछि प्रहरी टोली रातिदेखि नै परिचालन गरी सतर्कता अपनाउन थालेको उनले बताए ।दुरसञ्चार प्रदायक संस्था एनसेलको टावरमा गतसाता मानिसको मृत्यु हुनेगरी विष्फोट गराएपछि नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाका गतिबिधिमाथि अंकुश लगाउने निर्णय सरकारले गरेको थियोे।

यसैबीच सरकारी निर्णयविरुद्ध विप्लवले गरेको बन्दाका कारण विहानदेखि उदयपुरको जनजीवन प्रभावित भएको छ। औपचारिक बन्दको पर्चा पम्प्लेट नदेखिए पनि अज्ञात हल्लाकै भरमा जिल्लाको यातायात, शिक्षण संस्था र नीजि फर्महरू बन्द हुँदा जनजीवन प्रभावित भएको हो।  



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments