Incident Reports

कुटपिटबाट श्रीमतीको मृत्यु

2018-11-01

Province 1, Jhapa, Damak

दमक, कात्तिक १८ । आफ्नै श्रीमतीलाई कुटपिट गर्दा झापाको दमकमा एकजना भुटानी शरणार्थी महिलाको मृत्यु भएको छ । दमकको भुटानी शरणार्थी शिविर बेलडाँगी-२ का २९ वर्षीय फूलमान राईले गत कात्तिक १५ गते घरायसी झगडामा कुटपिट गर्दा मनमाया तामाङ राईको मृत्यु भएको दमक प्रहरीले जनाएको छ । कुटपिटबाट सख्त घाइते भएकी मनमायाको उपचारका क्रममा शनिबार राति विराटनगरस्थित विराट नर्सिङ हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । मृतकको विराटनगरमै पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको छ ।  

यसै बीच, उक्त घटनाका सम्बन्धमा प्रहरीले फूलमानविरूद्ध प्रहरीले जिल्ला अदालत झापामा आइतबार कर्तव्यज्यान सम्बन्धी मुद्दा दर्ता गरेको दमक प्रहरी प्रमुख डिएसपी श्यामल सुब्बाले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Jhapa

0 Comments