Incident Reports

प्रहरीलाई कुटपिट गर्ने पक्राउ

2019-01-16

Bagmati, Makawanpur, Hetauda

हेटौंडामा मादकपदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर सिस्नेरीका साइकल बल, दीपेन्द्र बल र काभ्रे घर भएका छेवन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरल जनाएको छ। बुधबार राति मादकपदार्थ सेवन गरी प्रहरी चेकपोष्ट सिस्नेरीमा कार्यरत् २ प्रहरी जवानलाई कुटपिट गर्ने ३ युवालाई इलाका प्रहरी कार्यालय सिस्नेरीले पक्राउ गरेको हो। मादकपदार्थ सेवा गरी एकापसमा झगडा गरिरहेका ३ जनालाई सम्झाउन जाँदा उनीहरुले प्रहरीलाई नै कुटपिट गरेको प्रहरीले जनाएको छ। उनीहरुको कुटाइबाट प्रहरी जवान कृष्णबहादुर नेपाली र देवीलाल ठाकुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले प्रहरीलाई कुटपिट गर्ने यवाहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 2
Local Newspaper - Makwanpur

0 Comments

Related Reports