Incident Reports

बलात्कार गरी गर्भवती बनाएपछि...

2018-11-03

Province 1, Jhapa, Gauriganj, Ward 6

 गौरीगञ्ज गाउँपालिका-६ झापाका ५० वर्षीय चैत्-ताजपुरिया एक  युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।  

सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा ताजपुरिया पक्राउ परेको प्रहरीले जनाएको छ ।

पीडित युवतीका बुबाले प्रहरीलाई दिएको उजुरीका आधारमा ताजपुरियालाई पक्राउ गरिएको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए । उनी पाँच महिनाकी गर्भवती भएको बताइएको छ । युवतीको स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको प्रहरी प्रमुख पौडेलले बताए ।

बलात्कारको आरोपमा पक्राउ परेका ताजपुरियालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Jhapa

0 Comments