Incident Reports

वडा अध्यक्षको नेतृत्वमा राजमार्ग अवरुद्ध

2019-03-12

Madhes, Parsa, Birgunj

हुलाकी राजमार्ग निर्माणका क्रममा मनपरी भइरहेको भन्दै बारामा वडा अध्यक्षको नेतृत्वमा राजमार्ग बन्द गरिएको छ ।

कलैया उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष डा अख्तर अन्सारीको नेतृत्वमा वीरगञ्ज–कलैया सडक खण्ड एक घण्टा अवरुद्ध भएको छ । दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म सडक अवरुद्ध हुँदा वीरगञ्ज कलैया ओहोर दोहोर गर्ने सर्वसाधारण भने मर्कामा परेका थिए ।

उनीहरुले वीरगञ्ज बरियारपुर खण्डको हुलाकी राजमार्गको रामपुर स्थित सडकको दाया बाया नाला बनाई पानीको नियमित निकासको व्यवस्था मिलाउनुपर्ने, टेङ्गरहर खोलामा छिटो कल्भर्ट निर्माण हुनुपर्ने, सडकमा हालिएको ह्युम पाइप मिलाउनुपर्ने माग राखेका छन् ।

हुलाकी राजमार्ग अन्र्तगत वीरगञ्ज–बरियारपुर खण्डमा पर्ने कलैया उपमहानगरपालिका वडा नं ९ रामपुरमा सडक निर्माणको क्रममा गाउँको पानी बग्ने नाला पुरिएको गुनासो स्थानीयको छ ।

नाला पुरेर सडक निर्माण हुँदा रामपुर र लोढिया टोल डुवानमा पर्ने भएकोले वर्षायाममा झनै समस्या हुने स्थानीय सगिर हवारी बताउँछन् । वीरगञ्ज बरियारपुर खण्डमा पप्पु–समा जेभीले सडक निर्माणको काम गरिरहेको छ । सम्झौतामा टेङ्गरहर खोलामा ६ मिटर लम्बाई, १२ मिटर चौडा कल्भर्ट बनाउनुपर्ने भएपनि ठेकेदार पक्षले वेवास्ता गरिरहेको छ ।

पुस २ गते वडा कार्यालयले हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगञ्जलाई समस्या जानकारी गराएको थियो । सुनुवाई नभएको भन्दै कलैया उपमहानगरपालिकाको माघ १० गते बसेको बोर्ड बैठकले हुलाकी सडकमा नाला निर्माण गरी निकास मिलाउन हुलाकी आयोजनाको कार्यालय र जिल्ला प्रशासन कार्यालय बारामा पत्राचार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराले माघ १४ गते हुलाकी राजमार्ग आयोजना कार्यालयले बोर्ड बैठकको निर्णय कार्यान्वयन गर्न ठेकेदारलाई आग्रह गरेको थियो । प्रशासनको निर्देशनपछि पनि काम नभएपछि जिल्लाका सांसदहरु मार्फत फागुन २ गते जिल्ला प्रशासनको पूनः ध्यानाकर्षण गराइएको थियो ।

तै पनि ठेकेदार पक्षले वेवास्ता गरेपछि प्रदर्शनमा उत्रन बाध्य भएको वडा अध्यक्ष अन्सारीले जानकारी दिए । ‘हुलाकी सडक निर्माणको क्रममा गाउँको पानी जाने नालाको निकास नै अवरुद्ध गरिएको छ, कल्भर्ट निर्माण गर्नुपर्ने सम्झौतामा भए पनि गरिएको छैन । वर्षा अघि नै यी काम नभए गाउँबासी समस्यामा पर्ने र धन जनको ठूलो क्षति हुन सक्छ’ उनले भने ।

उनले ठेकेदारले हुलाकी सडक निर्माण गर्दा वडा कार्यालयसँग कुनै समन्वय नगरेको, बाटोमा उल्टो दिशामा ह्युम पाईप लगाईएको, पुरानो रोडबाट निकालेको ग्रेभल नयाँमा हालेको आरोप लगाए ।

वडा अध्यक्ष डा. अन्सारीको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी राजेश पौडेल र कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाललाई समस्या समाधान गरिदिन माग गर्दै ज्ञापपत्र समेत बुझाएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments