Incident Reports

एमाले कार्यकर्ताद्वारा एमाओवादी कार्यकर्तालाई कुटपिट

2013-11-17

Shiva Prasad Dhungana ओखलढुङ्गा । ०७० मङसिर २ गते टारकेराबारी गाविस-७ मा नेकपा एमालेका कार्यकर्ताले मङ्सिर २ गते साँझ ४:३० बजे एमाओवादीका कार्यकर्ताहरूलाई कुटपिट गरेका छन् । एमाओवादीका केन्द्रीय सदस्य बालकृष्ण ढुङ्गेलसहितको कार्यकर्ताको टोलीलाई एमालेको टोलीले ढुङ्गामुढा गरी खुकुरी प्रहार गरेको आरोप लगाए। एमालेले भने एमाओवादी दुवै पक्षका कार्यकर्ताबीच झडप भएको जनाएको छ । सो घटनामा तीन जना एमाओवादी कार्यकता घाइते भएका छन् । घाइतेमध्ये टाउकोमा गहिरो चोट लागेका रामेछापका ३५ वर्षीय उद्धव पौडेलको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिए । घाइते अन्यको परिचय खुलिसकेको छैन । एमालेका कार्यकताहरूले एमाओवादीका कार्यकर्ताहरूलाई ढुङ्गामुढा गर्नेबित्तिकै झडप शुरु भएको स्थानीयवासीले बताएका छन् । झडपपछि गाम्नाङटारमा रहेको प्रहरी चौकीबाट खटिएको सशस्त्र प्रहरीसहितको सुरक्षा टोलीले एमालेका चार जना कार्यकर्तालाई गिरफ्तार गरेको बताइए पनि प्रहरीले नाम खुलाएको छैन । घटना लगत्तै सुरक्षाकर्मी परिचालन गरेरस्थिति नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिवप्रसाद ढुङ्गाना

0 Comments

Related Reports