Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-12

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन ३० गते गिरफ्तार गरेको छ  ।

पीडित बालिकालाई आरोपित बालकले फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा फागुन २८ गते उजुरी दिएको प्रहरीले जनायो ।

उक्त उजुरीको आधारमा आरोपित बालकलाई फागुन ३० गते गिरफ्तार गरी प्रहरीको बाल हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २८ गते जिल्ला अस्पताल त्रिशुलीमा गरिएको प्रहरीले जनायो ।


नवदीप श्रेष्ठ


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments