Incident Reports

तीन बालिकामाथि बलात्कारको प्रयास , पीडितलाई दिए ज्यान मार्ने धम्की

2018-12-02

Province 1, Morang, Ratuwamai, Ward 10

 उर्लावारी । मोरङको रतुवामाई नगरपालिकामा ३ नाबालिका माथि बलत्कार को प्रयास भएको छ । रतुवामाई नगरपालिका १० का रोहित कटुवालले बलत्कारको प्रयास गरेको अभियोगमा जिल्ला अदालतले ३ वर्ष कैद र ३० हजार धरैटी रहित पुर्पक्षको लागि थुनेको थियो । तर घरमा बोलिदिने र सहयोग गर्ने कोही नभएपछि रोहित  छुटेर ज्यान मार्ने धम्की दिदै हिंडेको पीडित र स्थानीय बताउँछन ।

'गरिब भएकाले प्रमाण जुटाउन र बोलिदिने भएनन् उनीहरु संग राजनीतिक पावर थियो छुटे। गांउका एक व्यत्ति र प्रहरी पनि उनिहरु तिरै लागेर यो ठुलो कुरा हैन मिल्नुपर्छ भन्दै दवाव दिएको बालिकाकी आमा बताउछिन । घरबाट आमाले सामान किन्न नजिकैको पसलमा पठाएका ३ जना बालिकाहरु बलत्कार हुनबाट जोगिएका छन । बाटोमा हिड्दै गरेका उनीरुलाई पैसा देखाएर छिमेकी कटुवालले फकाएर बोलाइ बलत्कार गर्न खोजेको बालिकाकी आमा बताउँछिन् । नानीहरुलाई त्यो बोर्डिङको कोठामा सर्प छ हेर्न जाउ भन्दै भित्र लगेर ढोका लगाई नानीहरुको संबेदनशिल अगमा टोक्ने र चिमोट्ने जस्ता हर्कतहरु गरेको बालिकाहरुको आरोप छ ।  

बालिकाहरु रुदै कराउदै घर पुगेपछि तत्काल बुझन खोज्दा आमासंग पनि जाईलाग्न खोजेपछि प्रहरीलाई खबर गरि २/४ दिन पछि जिल्ला अदालत बिराटनगर लगेर जेल चलान गरिएको तर पैसा र पावरमा अहिले सो ब्यत्ति गाँउघर तिरै  डुलिरहेको आमा बताउँछिन । अदालत बाट ३ वर्ष जेल सजाय र ३० हजार धरौटी तोके पनि गाँउमा खुल्मखुल्ला ३ जनालाई मार्ने धम्की दिदै हिँड्ने गरेको पीडितहरुको आरोप छ। बैदेशिक रोजगारीमा रहेका बालिकाका बाबु पीडितलाई कारबाहीको माग र बालिकाहरुको रक्षा गर्न अपिल गरिरहेका छन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 3
Female Raped 3
Youth Raped 3
Local Newspaper - Jhapa

0 Comments