Incident Reports

श्रीमति र छोरी मारेर फाल्ने भारतीय नागरिक पक्राउ

2018-12-03

Bagmati, Makawanpur, Hetauda, Ward 19

घरायसी विवादका कारण हेटौंडा-१९ नेवारपानीस्थित राप्तीखोलामा श्रीमति र छोरी मारेर फाले का एक भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रामगढवाग्राम पंचायत बेलहिया गाउँ-८-घर भै हेटौंडा५ मा डेरा गरी बस्दै आएका २६ वर्षीय महम्द रमजान मियाँ दर्जी रहेका छन् । मंसिर १८ गते बिहान राप्तीखोलाका ढुंगाबीचमा करिब एक बर्षीया बालिकाको लाश भेटिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया थालनी गरेको थियो । बालिकाको लाश भेटिएको ५ दिनपछि २२ गते सोही स्थानमा एक महिलाको लाश भेटिएपछि प्रहरीलाई अनुसन्धानलाई थप तीव्रता दिएको थियो । मृत महिलाको खल्तीमा भेटिएको डायरी र बच्चाको कपडाको आधारमा प्रहरीले अनुसन्धानलाई अघि बढाएको थियो । मृतक महिला भारतीय नागरिक २५ बर्षीया लालमुन खातुन र बालिका उनकै वो एक बर्षीया रोशन खातुन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रमुख बुद्धिराज गुरुङले जानकारी दिए । प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको टोलीले डायरीमा उल्लेख भएको नम्बरमा सम्पर्क गरी मृतकको सनाखत गर्नुको साथै उनको श्रीमान महम्द रमजान मियाँ दर्जीलाई पक्रेको हो । दर्जीले श्रीमति अर्कै केटासंग लागेको आरोप लगाउँदै आएको र गृत महिलाको सल्तीमा भेटिएको डायरी र बच्चाको कपडाको आधारमा प्रहरीले अनुसन्धानलाई अघि बढाएको थियो । मृतक महिला भारतीय नागरिक २५ बर्षीया लालगुन खातुन र बालिका उनके छोरी एक बर्षीया रोशन खातुन आएको जिल्ला प्रहरी मालिश मकवानपुरका प्रमुख सुद्धिराज़ शुरुङले जानकारी दिए । 

उनीहरुको बीचमा लामो समयदेखि वैमनश्यता रहँदै आएको प्रहरीले बताएको छ । रामजान भिया दर्जीले आफ्ना भाई अरमान मिया दर्जीलाई समेत प्रयो गरी नेवारपानीमा लगेर मारेको स्वीकारेको एसपी गुरुङले जानकारी दिए । 'नेवार पानीकै कारखानामा जाली बुन्ने काम गर्दै आएका रमजानले मंसिर १७ गते साँझ बसपार्कमा बुबा आएको छ भनि श्रीमति  र छोरीलाई लिन गएको देखियो', गुरुङले भने, 'श्रीमती घरमा नबसी झै झगडा तथा कलह गरी माईतीमा बस्ने र अन्य व्यक्तिसंग अनैतिक सम्बन्ध रहेको अशंका गरी राप्तीखोलामा लगि मारेर खोलामा फालिदिएको स्वीकार गरेको छ ।। फरार रहेका अरमान मियाँको खोजी ।

कार्य भैरहेको छ ।' छोरीलाई त्यसै छोडदा घटना बाहिरिन सक्ने भएकोले छोरीको समेत हत्या गरेर खोलामा फालेको उनले स्वीकार गरेका छन् । । पक्राउ परेका रामजान मियाँलाई मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 2
Youth Killed 2
Local Newspaper - Makwanpur

0 Comments