Incident Reports

बाबुद्वारा छोरी बलात्कृत

2018-11-04

Province 1, Morang, Kanepokhari, Ward 5

 मोरङको कानेपोखरी गाउँपालिकामा छोरी बलात्कारको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । १४ बर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका वडा नं. ५ का ३९ बर्षका ब्यक्ति पक्राउ परेका न्।  

श्रीमती माइत गएको मौका पारी बुबाले गत कात्तिक १७ गते आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।प्रहरी निरीक्षक बजगाईका अनुसार किशोरीका हजुरआमाले किटानी जाहेरी दिएपछि ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । ती व्यक्तिको नाम गोप्य राखी इलाका प्रहरी कार्यालयले जबरजस्ती करणी महल अन्तर्गत मुद्दा चलाएको छ । अभियुक्त उपर प्रहरीले अनुसन्धान गर्न अदालतबाट म्यादसमेत लिएको छ। किशोरीले उक्त घटना हजुरआमालाई सुनाएकी थिइन् । त्यही आधारमा हजुरआमाले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Jhapa

0 Comments