Incident Reports

जबरजस्तीकरणीको आरोपमा पक्राउ

2018-11-04

Province 1, Jhapa, Shivasataxi, Ward 9

 भद्रपुर, कात्तिक १८। १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।  

झापाको शिवसताक्षी नगरपालिका- ९ स्थित बिरानकी  १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही स्थानका १७ बर्षीय किशोरलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । । प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपी किशोरले ती बालिकालाई ललाईफकाई, डर-त्रास देखाएर जबरजस्ती बलात्कार गरेको छरछिमेकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय झिलझिले बाट गएको प्रहरीको टोलीले बालिकालाई उद्धार गरी घटनामा संलग्न किशोरलाई पक्राउ गरेको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पताल  भद्रपुरमा गरिएको र बलात्कारका आरोपी किशोरलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Jhapa

0 Comments