Incident Reports

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

2018-12-09

Lumbini, Arghakhanchi, Sandhikharka, Ward 11

 दुई हप्ता अघि अर्घाखाँचीको डिभर्नामा श्रीमानले कुटपिट गरेर श्रीमतीको मृत्यु भएको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले एक जनालाइ पक्राउ गरेको छ । सन्धिखर्क ११, डिभर्ना अमिलेकी मिना सेजवाललाई आफ्नै श्रीमान् कृष्ण बहादुर सेजवालको निर्घात कुटपिटपछि टाउकोमा रगत जमेर मृत्यु भएको भन्दै मृतक मिनाकी दिदी कमला भुसालले किटानी जाहेरी दिएपछि प्रहरीले सेजवाललाई पक्राउ गरेको हो। मृतक मिनाको गत मंसिर २४ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको थियो । कमलाले दिएको जाहेरीको आधारमा आरोपित कृष्ण बहादुर सेजवाललाइ आईतवार राति पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिनुभयो। दिदीलाइ बर्षी देखि कुटपिट गर्दै आएको र कुटपिटबाटै दिदीको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन् । घटनाको दोषीलाइ कानुनी कारबाही हुनु पर्ने माइतीपक्षले माग गरेको छ। दुई जनाबीच पहिले देखिनै पटक पटक झगडा हुदै आएको र गाँउलेहरु बसेर मेलमिलाप गराउने गरेको स्थानीयहरुले बताएका छन् । शबको पोस्टमार्टम जिल्ला अस्पताल सन्धिखर्कमा गरेपछि अन्तिम दाहसंस्कार पनि गरिसकिएको छ।

यसवीच घटनाका दोषीलाइ राजनीतिक दल तथा वडा अध्यक्ष ध्रुब आचार्यको संरक्षण रहेको भनेर सामाजिक सञ्जालमा लेखेको भन्दै अर्घाखाँचीका एक युवा काठमाण्डौबाट पक्राउ परेका छन् । वडा अध्यक्ष धुर्व आचार्यले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आफू सो घटनाको बिषयमा अनभिज्ञ भएको तर आफ्नो नाम र पद समेत जोडेर सचिन पाण्डेले सामाजिक संजालमा राजनीति संरक्षण र वडा अध्यक्षबाटआरोपितलाई संरक्षण गरेको भन्दै सामाजिक संजालमा लेखेको स्टाटसले आफ्नो मानहानी भएको भन्दै प्रहरीमा जाहेरी दिनुभएको थियो। वडा अध्यक्ष आचार्यले दिएको जाहेरीको आधारमा अर्घाखाँची जिल्ला छत्रदेब ८ अर्घातोषका सचिन पाण्डेलाई काठमाण्डौबाट पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक गम्भीरजंग थापाले बताउनु भयो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
Local Newspaper - Rupandehi

0 Comments