Incident Reports

दुई जनालाई मानव बेचबिखन मुद्दा

2018-12-17

Lumbini, Nawalparasi West, Bardaghat, Ward 17

परासी/पश्चिम नवलपरासी प्रहरीले दुई जना विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएको छ ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बीरेन्द्र थापाका अनुसार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका वडा नं. १७ बस्ने निसा बोटे र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ६ बस्ने जीवन वि.क. विरुद्ध मुद्दा चलाईएको हो ।

उनीहरुले गत मङसिर २७ गते जिल्लाको महेशपुर नाका हुँदै दुई महिलालाई बैदेशीक रोजगारीको प्रलोभन देखाएर भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको थापाले जानकारी दिए । माईती नेपालको सहयोगमा सीमा प्रहरी चौकीले  उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

0 Comments