Incident Reports

घोडाघोडीमा युवती बलात्कृत

2018-11-22

Sudurpashchim, Kailali, Ghodaghodi, Ward 9

अन्तराष्ट्रिय महिला हिंसा बिरुद्धको १६ दिने अभियान मनाइरहदा एक २८ वर्षीय युवती बलात्कृत भएकी छन । कैलालीको घोडाघोडी नगरपालीका वडा नम्बर ९ शिखरझालाकी २८ वर्षीय सुस्त मनस्थितिकी युवती छिमेकी बाटै बलात्कृत भएकी हुन् । सोही ठाँउ वस्ने अन्दाजी ४० बर्षीय शेर बहादुर रावलले नाताले वहिनी पर्ने सुस्त मनस्थितिकी २८ वर्षीय युवतीमाथि बलात्कार गरी फरार रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीले बताए ।

मंसिर ६ गते दिउसो १२ बजे बाख्रा चराउन जंगल गएकी युवती माथी बलात्कार भए पनी मंसिर ९ गते मात्र घरमा जानकारी भए पछी घटना सार्वजनिक भएको हो । बलात्कार गर्ने रावल विरुद्ध इलाम प्रहरी कार्यालय सुखडमा मुद्दा परे सँगै खोजीकार्य जारी रहेको प्रहरी प्रमुख जोशी बताए । पिडक रावल किशोरीका फुपुका छोरा हुन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Kailali

0 Comments