Incident Reports

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

2019-01-11

Province 1, Sunsari, Dharan, Ward 17

आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा धरान-१७ का एक व्यक्ति पक्राउ परेका छन् ।

केही वर्ष अघि श्रीमतीले छाडेर अर्कैसँग हिडेपछि घरमा बाबु-छोरी मात्र रहेका थिए । मादक पदार्थ सेवन गरेर आफ्नी ९ वर्षिय छोरीलाई पटक पटक बलात्कार गर्दै आएको खुलेको छ । पीडितकी ९ वर्षिय बालिकाले पीडा सहन नसकेपछि काकीलाई आफ्नो बाबुले गरेको कर्तुत सुनाएपछि काकीले प्रहरीलाई खबर गरेकी थिइन् । बालिकालाई धरान-१४ बस्ने तेजबहादुर कार्कीले समेत पैसा दिएर जबरजस्ती गरेको भन्ने पीडित बालिकाले बताएपछि कार्कीलाई समेत प्रहरीले पक्राउ गरी अनुन्धान गरिरहेको छ। पीडित बालिका र अपराधीको शारिरीक परिक्षण गराई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताए ।

पीडित बालिकालाई उदृढ गर्दै डिएसपी तिम्सिनाले भने आफ्नै बाबुले मादक पदार्थ सेवन गरेर राती छोरीलाई पटक पटक बलात्कार गर्ने गरेका थिए । बालिकाले आफ्नो पीडा काकीलाई सुनाएपछि घटना बाहिर आएको हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Sunsari

0 Comments