Incident Reports

श्रीमतीबाट पीडित प्रधानाध्यापक

2018-12-03

Province 1, Morang, Biratnagar

विराटनगर । विभिन्न समयमा महिलामाथि हिंसा भएका समाचारहरू आउने गरेका छन्। तर, अहिले भने पुरुष हिंसाको समाचारहरू पनि आउन थालेका छन् । पुरुषहरू पनि महिलाबाट पीडित हुन थालेका छन् ।

यस्तै प्रधानाध्यापकसमेत रहेका विराटनगरका खेम लोहनीले आफू श्रीमतीबाट घरेलु हिंसामा परेको आरोप लगाएका छन् । उनी चार वर्षदेखि श्रीमतीबाट पीडित बनेको बताएका छन् । श्रीमती र छोराछोरीले घरबाट निकालिदिएकाले लोहनी अहिले आफन्तको आश्रयमा बस्दै आएको उनी बताउँछन्।

विराटनगरको एक निजी बोर्डिङको प्रधानाध्यापकसमेत रहेका उनी आफ्नै घरबाट अपहेलित भएर आफन्तकोमा बस्दै आएको बताए । विराटनगर महानगरपालिकाको न्यायिक समितिका संयोजक तथा उपमेयर इन्दिरा कार्कीले खान, लाउन र बस्न दिने निर्णय गरे पनि श्रीमती सुधा लोहनीले आए झुण्डिएर मार्छु भन्दै धम्क्याएको लोहनीले बताए। उनले मोरङ जिल्ला अदालतमा पुरुष हिंसाविरुद्धको मुद्दा हालेको दाबी गरेका छन् । हाल उक्त मुद्दा विचाराधीन छ। लोहनीले पत्नी सुधा लोहनी, छोराहरू रविराज, बिप्रवर छोरी अदैताले आफूमाथि हिंसा गरेको भन्दै मुद्दा दायर गरेको बताएका छन् । लोहनीले श्रीमती सुधार छोराछोरीले मानसिक यातना दिई खान-लाउनसमेत नदिएको आरोप लगाउँदै आएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Local Newspaper - Sunsari

0 Comments