Incident Reports

गाउँपालिका अध्यक्षको पहलमा खोरमा थुनिएकी महिलाको उद्धार

2018-12-18

Province 1, Khotang, Diprung, Ward 6

खोटाङ । डेढ वर्षदेखि पशुसरह खोरमा थुनिएकी महिलाको गाउँपालिकाका अध्यक्षको पहलमा उद्धार भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको हो।

२०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई उद्धारपछि श्रीमानसँगै थप उपचारका लागि काठमाडौँ पठाएको छ । विवाहको सात वर्षपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई वन्धक बनाइएको हो । तामाङलाई गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले प्रहरीको सहयोगमा उद्धार गरेका हुन् ।

‘तामाङको अवस्था हेर्दा उनलाई बन्धक बनाउनुपर्ने कारण देखिंदैन,' अध्यक्ष राईले भने । काठको टाँड बनाएर चारैतिर जाली राखेको अवस्थामा तामाङलाई उद्धार गरिएको हो । तामाङको उपचार गाउँपालिकाले गर्ने गरी उद्धार गरिएको हो । उनको उपचार धरानमा सम्भव नभएपछि घरमा ल्याई बन्धक बनाइएको तामाङका छिमेकीले बताएका छन् । खोरमा थुनिएकी महिलाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँपालिकाले द्धारमा चासो देखाएको हो । तामाङको उपचारका लागि तत्काल १० हजार सहयोग गरिएको अध्यक्ष राईले बताए । तामाङका एक छोरी र एक छोरा छन्। तामाङका श्रीमान खेती किसानी गर्दै आएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Local Newspaper - Sunsari

0 Comments

Related Reports
Related Trend Analysis