Incident Reports

बलात्कारको आरोपमा एक युवा पक्राउ

2018-12-13

Karnali, Rukum West, Sani Bheri, Ward 7

रूकुम, पुस । जिल्ला प्रहरी कार्यालय रूकुम (पश्चिम)ले बलात्कारकोआरोपमा एक युवालाई पक्राउ गरेको छ। जिल्लाको सानीभेरी गाउँपालिका ७ की १५ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले रूकुम (पूर्व)को भुमे गाउँपालिका(९ चनवाडका )२१ वर्षीय मनोज ओलीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। गत मंसिर २८ गते गाउँबाट साथिको जन्ती गएका ओलीले बालिकालाई 'कोहि नभएको बाख्रा बाँध्ने गोठेमा लगेर जबरजस्ती करणी गरेको बालिकाको उजुरीमा उल्लेख रहेको प्रहरीले बताएको छ। जबरजस्ती बलात्कार गर्दा बालिका चिच्याएपछि आफन्तले थाहापाई प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय रूकुम (पश्चिम)का प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

ओलीले सेल्फी खिचौं भनेर बालिकालाई गोठमा बोलाएको प्रारम्भिक अनुसन्धाबाट खुलेको उनले बताए । बालिका बलात्कार गर्ने युवालाई सोही दिनमै पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।

पक्राउ परेका ओलीविरूद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको बताइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Surkhet

0 Comments