Incident Reports

बाबुरामकै क्षेत्रमा एमाओवादीले गरे ४ वटा बुथ कब्जा

2013-11-19

Gandaki, Gorkha, Gandaki

एमाओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उठेको निर्वाचन क्षेत्र नम्बर १ मा २ वटा मदतान केन्द्र एमाओवादीले नै कब्जामा लिएको सहकर्मी प्रशन्न पोखरेलले गोरखाबाट बताएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा रहेको घ्यालचोक गाविसमा पातलदेवि मतदान केन्द्र र घैरुङको बास्कोट केन्द्रमा एमाओवादीले बुथ कब्जामा लिएका छन् । घैरुङको बाँस्कोटमा बुथ कब्जा गर्ने क्रममा नेपाली कांग्रेसका २ कार्यकर्ता घाइते भएका छन् । ३घाइते हुनेमा नन्दलाल रेग्मी र विष्णु ढकाल भएको प्रहरीले जनाएको छ । यस्तै गरी एनेकपा माओवादीका नेता हितराज पाण्डेको क्षेत्रमा पनि २ वटा बुथ कब्जा भएको छ । गाइखुर गाविसको सरस्वती प्रावि र हर्नि गाविसको महेन्द्र लिला मतदान केन्द्रमा पनि बुथ कब्जा भएको छ । यस्तै क्षेत्र नम्बर २ च्याङ्लीमा एमाओवादीका कार्यकर्ताले अन्य दलका मतदातालाई खोलाघाट भन्ने ठाउँमा बाटो छेकेका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis