Incident Reports

कुलेश्वरमा आफैले बोकेको बम विस्फोट हुँदा नेकपा माओवादीका २ कार्यकर्ता घाइते

2013-11-18

राजधानीको कुलेश्वरमा आफैले बोकेको बम विस्फोट हुँदा नेकपा माओवादीका २ कार्यकर्ता घाइते भएका छन् । विस्फोट गराउन भनेर हिडेका उनीहरुले बोकेको बम एक्कासी विस्फोट हुदाँ घाइते हुनेहरुमा मकवानपुरका महेश नेपाल र सिन्धुपाल्चकका कृष्णप्रसाद श्रेष्ठ रहेका छन् । घाइते माओवादीका कार्यकर्ता महेश बस्नेतको बमको छर्राले लागेर दुबै हात चुडिएको र श्रेष्ठको छर्राले लागेर अनुहारमा चोट लागेको काठमाडौ प्रहरी प्रहरीका एसएसी गणेश केसीले सेतोपाटीलाई बताए । एसएसपी गणेशका अनुसारघाइतेहरु आफै राजधानीको मोडल अस्पताल पुगेको बताएको छ । उनीहरुले आफू वैद्य माओवादीको कार्यकर्ता भएको बताएपनि अरु जानकारी नदिएको एसएसपी केसीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis