Incident Reports

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-03-19

Province 1, Morang, Pathari Shanishchare, Ward 8

पथरी शनिश्चरे नगरपालिका ८ दोलु शुक्रबारकी ३० वर्षीया शारदा बराईलीलाई मोसो दलेको आरोपमा ३४ वर्षीय छिमेकी पारस लिम्बु र ३१ वर्षीय फिफराज लिम्बुलाई प्रहरीले चैत ५ गते गिरफ्तार गरेको छ ।


पीडितलाई आरोपितहरुले चैत ५ गते बिहान ११ बजे मोसो दल्दै कुटपिट गरेको पीडित पक्षको आरोप छ ।


लिम्बु परिवारले शारदाको परिवारबाट लिएको ४ लाख रुपियाँ ऋण भुक्त्तान नगरी तिरिसकेको भन्दै झुठो दाबी गर्दै आएको थियो । तर, प्रमाण पेश गर्न नसकेपछि केही दिन पहिले प्रहरीको अगाडी तिर्न बाँकी रकम तिर्न बाध्य भएको थियो ।


सोही रिस फेर्न शारदामाथि अमानवीय व्यवहार गरेको र घाइते भएकी शारदाको विराटनगर स्थित विराट नर्सिंगहोममा उपचार गराइरहेको पत्रकार गणेश लम्सालले बताए ।


इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईले पीडितको उजुरीको आधारमा दुई जनालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको बताए ।


इन्दिरा भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments

Related Reports