Incident Reports

विप्लव नेतृत्वको नेकपालाई समर्थन गरेको आरोपमा एक पत्रकार सहित दुईजना गिरफ्तार

2019-03-21

Karnali, Kalikot, Raskot

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई समर्थन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरी टोलीले चैत ७ गते एक पत्रकार सहित दुई जनालाई गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा रास्कोट नपा–८ बस्ने रेडियो नयाँ कर्णालीमा कार्यरत २७ वर्षीय पत्रकार कर्ण विश्वकर्मा र तिलागुफा नपा–४ बस्ने २९ वर्षीय भरत शाही रहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए ।

जनपत्रकार सङ्घका जिल्ला अध्यक्ष समेत रहेका विश्वकर्मालाई प्रहरीले रेडियो नयाँ कर्णालीको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो ।

यस्तै शाहीलाई प्रहरीले जिल्ला सदरमुकाम मान्म खाँडाचक्र स्थित जिरोप्वाइन्टवाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पत्रकार विश्वकर्माले विप्लव नेतृत्वको नेकपाका समाचारहरू प्रशारण गरेको र शाही सो पार्टीको गतिविधिमा संलग्न रहेकाले गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।


कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , National/Online Media

0 Comments