Incident Reports

पार्किङ्ग गरिएका अटो रिक्सामा आगजनी

2018-11-28

Lumbini, Banke, Nepalgunj

नेपालगंज, १३ मंसिर (दैपस)- नेपालगन्जको धम्बोझी खजुरा रोडमा पार्किङ्ग गरिएका ५ वटा अटो रिक्सामा अज्ञात व्यक्तिले बुधबार राती आगो लगाइदिएका छन् । त्यतिमात्रै होइन दुई वटा पसलमा पनि आगजनी प्रयास गरिएको छ भने एउटा घुम्ती पसल आगोले ध्वस्त भएको छ।

अज्ञात समूहले रातीको समयमा आगजनीको प्रयास गरेको यो पहिलो पटक नभएको स्थानीयवासी बताउँछन्। एक र दुई साताअघि पनि आगजनीको प्रयास गरिएको थियो। आगो, कसले र किन लगायो भन्ने अनुमान लगाउनेबाहेक यसै भन्नसक्ने अवस्था छैन । यसरी बन्द रहेको पसल र यातायातका साधनमा आगजनीका घटना हुन थालेपछि व्यवसायीहरू आतंकित भएका छन् । बिहीबार विहान घटनास्थल पुगेको नेपालगन्ज १ का वडाध्यक्ष प्रमोद रिजालले घटनाबाट त्रासको वातावरण फैलिएको बताए। उनले यसअघि पनि यस्तै प्रकृतिको घटनामा उजुरी भैसकेको अवस्थामा प्रहरीले गम्भीरतापूर्वक नलिएको आरोप लगाए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 5
Severely damaged Vehicles 5
Local Newspaper - Rupandehi

0 Comments

Related Reports