Incident Reports

बन्दुक सहित एक पक्राउ

2018-11-16

Province 1, Terhathum, Phedap, Ward 5

 तेह्रथुमको फेदाप गाउँपालिका-५ बाट प्रहरीले भरूवा बन्दुक सहित बिहीबार एक जनालाई पक्राउ गरेको छ । बन्दुक सहित सोही स्थानका ४० वर्षीय बुद्धबहादुर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।  

बिहानको समयमा श्रीमती दलमाया तामाङसँग घरायसी विवाद हुँदा खुकुरी प्रहार गरी घाइते बनाएको र भरूवा बन्दुक समेत ताकेको भनी प्रहरी चौकी सम्दुमा स्थानीयले जानकारी गराएका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिई घरमा खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा बारूद भरेर राखेको एक नाल भरूवा बन्दुक बरामद गरेको थियो ।

खुकुरी प्रहारबाट घाइते भएकी. उनकी श्रीमतीको इसिबु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बन्दुकसहित पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Homemade/traditional firearms
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Morang

0 Comments