Incident Reports

जन्मदर्ता माग्दा बुहारीमाथि निर्घात कुटपिट

2018-11-11

Province 1, Morang, Biratnagar, Ward 1

नाबालक छोरीको जन्मदर्ता बनाउन आग्रह गर्दा एक बुहारी कुटिएकी छन् । चार वर्षीया छोरीको जन्मदर्ता र आफ्नो विवाह दर्ता बनाउन आग्रह गर्दा विराटनगर महानगरपालिका१ की देविका कंडेल घिमिरे आमाजु होमा घिमिरे र श्रीमान खगेन्द्र घिमिरेबाट कुटिएकी हुन् । | बुहारीलाई कुटपिट गरेको आरोपमा नेपाली कांग्रेस निकट तरूण दलकी पूर्व केन्द्रीय सदस्यसमेत रहेकी ४० वर्षीया होमा घिमिरे र श्रीमान खगेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको थियो । आइतबार पक्राउ परेका घिमिरे दिदीभाइ सोमबार छुटेका छन् । आइतबार बेलुका परिवारका सदस्य मिलेर २९ वर्षीय बुहारी देविकालाई निर्घात कुटपिट गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । घिमिरे पक्राउ परेपछि नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य चुनिएकी शान्ता पौडेलसहित काग्रेसका नेताहरू प्रहरी कार्यालय पुगेका थिए।  

सोमबार दिनभर भएको छलफलपछि दुबै पक्ष मिलेर जान तयार भएका छन् । जिल्ला प्रहरी कायालय मोरङ महिला वालवालिका सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक जमुना बस्नेतले दुबै पक्ष मिल्ने भएपछि कागज गराएर पक्राउ परेका होमा र खगेन्द्रलाई  छाडिएको जानकारी दिइन् । | खगेन्द्रसंग पांचवर्ष अगाडि देबिकाको विवाह भएको थियो । विवाह भएपछि नै मानसिक यातना दिन सुरू गरेका आफन्तले एक वर्ष अगाडिदेखि कुटपिट गर्दै आएको बताइएको छ। उपमेयरलाई भनेपछि कुटपिट घरमा आफन्तले कुटपिट गर्ने र छोरीको जन्मदर्ता समेत बनाउन नमानेको भन्दै आइतवार विराटनगर महानगरपालिकाको न्यायिक समितिमा विवाह दर्ता, छोरीको जन्मदर्ता र खाने-लाउने  प्रबन्ध गरिदिन आग्रह गर्दै देविकाले निवेदन दिएकी थिइन् । निवेदन दिएकै दिन राति उनीमाथि निर्धात कुटपिट भएको हो ।

कांग्रेसबाट निर्वाचित उपमेयर इन्दिरा कार्कीले आफ्नै  पार्टीको कार्यकर्ताविरूद्ध निवेदन परेपछि होमालाई फोन गरी सुनाएपछि देबीकामाथि कुटपिट भएको स्थानीयको दाबी छ । घरको बिबाद महानगर पुयाएको भन्दै होमा र खगेन्द्रले निर्धात कुटपिट गरेका थिए ।

देविकामाथि कुटपिट तथा मानसिक यातना दिएपछि कानुनी उपचारका लागि प्रहरीमा उजुरी गरिएको पीडितका दाजु कृष्ण कंडेलले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Abducted 00
Youth Abducted 00
Severely damaged Buildings 00
Local Newspaper - Morang

0 Comments