Incident Reports

दोलखामा एमाओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्तालाई खुकुरी प्रहार, चार गम्भीर घाइते

2013-11-19

दोलखामा एमाओवादीले नेकपा एमालेका कार्यकर्तामाथि खुकुरी प्रहार गरी चार जनालाई गम्भीर घाइते बनाएका छन्। स्थिति तनावग्रस्त भएपछि केही बेरका लागि मतदान समेत स्थगित भएको छ। दोलखाको- १ को ठूलोपातल मतदान केन्द्रमा धाँधली गर्न खोजेका एमाओवादी कार्यकर्तालाई एमाले समर्थकहरुले रोक्न खोज्दा उनीहरुमाथि खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहारबाट ४ जना एमाले कार्यकर्ता घाइते भएका छन्। झडप भएपछि करिब आधा घण्टा निर्वाचन कार्यक्रम स्थगित भएको थियो। आक्रमणकारी एमाओवादीका कार्यकर्तालाई पक्राउ गरिएपछि निर्वाचन पुनः शुरु भएको प्रहरीले जनाएको छ।

0 Comments

Related Reports