Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2019-03-13

Madhes, Saptari, Bode Barsain, Ward 9

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–९ का ६० वर्षीय लक्ष्मण महतोविरुद्ध चैत १० गते उजुरी दर्ता गरेको छ ।

घरमा एक्लै सुतिरहेका बेला फागुन २९ गते राति आएका आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले चैत ५ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएकी थिइन् ।

पीडितका पति काठमाडौंमा रोजगारी गर्छन् भने १० वर्षीय छोरा बोडर्समा बसेर अध्ययन गरिरहेका छन् । घरमा रहेकी दुई छोरी पनि टोल छिमेकमा भएको विवाहमा गएका बेला पीडित घरमा एक्लै रहेको मौका पारी आएका आरोपितले हातपात गरी कपडा च्याती बलात्कार प्रयास गरेको पीडितले बताइन् ।

पीडितको स्वास्थ्य परिक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा चैत ६ गते गरिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर बिष्णुप्रदिप बस्यालका अनुसार आरोपितलाई चैत ६ गते गिरफ्तार गरिएकोमा चैत ७ देखि ९ गतेसम्म सार्वजनिक बिदा भई सरकारी कार्यालयहरु बन्द रहेकोले चैत १० गते उजुरी दर्ता गरी म्याद थप गरिएको हो ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments