Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-23

Lumbini, Bardiya, Madhuwan, Ward 1

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बर्दिया जिल्ला मधुवन नगरपालिका–१ का २८ वर्षीय गोविन्द दमाईलाई चैत १० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ९ गते राति सुतिरहेको अवस्थामा उठाएर सार्वजनिक स्थानमा लगि बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध चैत १० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

भूकम्पपछि पूनर्निमार्ण हुँदै गरेका घरहरूमा ज्यामी काम गर्न आएका आरोपित दमाईले स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत पीडित बालिकालाईे फकाएर लगी बलात्कार गरेको पीडित बालिकाले बताएको र पीडितका बाबुले राति हराएकी छोरी भोलिपल्ट बिहान ४ बजे रूँदै घरमा आएपछि घटनाबारे थाहा पाएको कुरा जाहेरीमा उल्लेख गरेका छन् ।

उक्त उजुरीको आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिएको धुलिखेल प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण १० गते धुलिखेल अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

पीडित पक्षले दिएको जाहेरीमा मुलुकी अपराध संहिता ऐन–२०७४ को परिच्छेद–१८ को दफा–२१९ को उपदफा ३ (ग) बमोजिम हदैसम्मको कारवाही र क्षतिपूर्तिको माग राखिएको छ ।


भोजराज तिमल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments