Incident Reports

विप्लवका गण्डकी प्रदेश नेता पक्राउ

2019-03-26

Gandaki, Kaski, Pokhara Lekhnath

 गण्डकी प्रदेशका विभिन्न जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले धमाधम समातेको छ। 

कास्कीमा मंगलबार उक्त पार्टीका प्रदेशस्तरीय नेता किसानसिंह गुरुङ पक्राउ परेका हुन। उनलाई पोखराको लेखनाथबाट प्रहरीले पक्राउ गरेको हो। गुरुङ विप्लवको पार्टीले २ वर्षअघि घोषणा गरेको तमुवान जनसरकारका प्रमुख हुन्। पछिल्लो समय उनी जनपरिषद् तमुवान संयोजक छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख डीएसपी रवीन्द्रमान गुरुङले नेता गुरुङलाई उनको आश्रयस्थलबाट पक्राउ गरेको जानकारी दिए।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments