Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-25

Madhes, Siraha, Kalyanpur, Ward 11

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा–११ का २१ वर्षीय सञ्जिपकुमार राउतलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले चैत १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ११ गते बलात्कार गरेको भन्दै पीडित परिवारले चैत १२ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत १२ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर कृष्ण श्रेष्ठका अनुसार आरोपित राउतलाई गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।


दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Saptari

0 Comments