Incident Reports

विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

2019-03-25

Gandaki, Myagdi, Malika, Ward 3

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई प्रहरीले चैत ११ गते गिरफ्तार गरेको छ ।

विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा मालिका गाउँपालिका–३ रुम डाँडागाउँबाट तीनैजनालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

गिरफ्तार हुनेमा विप्लव नेतृत्वको नेकपाका जनसरकार संयोजक मालिका–३ रुमका ५९ वर्षीय जगेन्द्र पुन, अखिल नेपाल शिक्षक सङ्गठनका सदस्य मालिका–६ का ३० वर्षीय थमबहादुर पुन र मालिका गाउँपालिका–६ दरवाङका नेकपाका जिल्ला सदस्य २८ वर्षीय रमेश पुन रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

नेकपा म्याग्दीका इञ्चार्ज गमबहादुर श्रीषमगरले चैत ११ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर गिरफ्तारको पुष्टि गरेका छन् ।

गिरफ्तार गरिएका तीनै जनालाई चैत ११ गते नै जिल्ला प्रहरी कार्यालय म्याग्दी स्थित हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments