Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-03-22

Province 1, Udayapur, Triyuga, Ward 11

१० वर्षीया बालिका यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–११ गाईघाटका ४० वर्षीय बुधराज राईलाई चैत ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत ९ गते प्रहरीमा उजुरी दिएपछि आरोपित फरार भएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ९ गते गरिएको छ । आरोपितमाथि अनुसन्धान थालिएको डिएसपी थापाको भनाई छ ।


भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments