Incident Reports

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

2019-03-26

Province 1, Ilam, Rong

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले रोङ गाउँपालिका–१ शान्तिपुरबाट ३१ वर्षीय राजु खातीलाई चैत १२ गते गिरफ्तार गरेको छ ।

यस्तै सो पार्टीको किसान सङ्घका अध्यक्ष भएको आरोपमा जीतपुरका ७० वर्षीय मोहन बराललाई पनि चैत ११ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

गिरफ्तार गरिएका बरालले उक्त पार्टीको कुनै पनि सङ्घ सङ्गठनमा आफू नरहेको र राजनीतिबाट निष्क्रिय रहेको बताएपछि बराललाई भने चैत १२ गते नै रिहा गरिएको एसपी माधवप्रसाद श्रेष्ठले बताए ।


कोकिला ढकाल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments