Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-26

Province 1, Jhapa, Kamal, Ward 2

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कमल गाउँपालिका–२ का ४२ वर्षीय शम्शेर तामाङलाई गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले चैत १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले घटना भएकै दिन इलाका प्रहरी कार्यालय दमकमा प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पताल भद्रपुरमा चैत १३ गते गरिएको छ ।

त्यसैगरी १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हल्दीवारी गाउँपालिका–२ का ६५ वर्षीय राजन अधिकारलाई चैत १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पताल भद्रपुरमा चैत १२ गते गरिएको छ ।


नरेश खाती

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Siraha

0 Comments