Incident Reports

किशोरीलाई भारत लैजाने पक्राउ

2018-12-15

Province 1, Morang, Biratnagar, Ward 15

मोरङको विराटनगर महानगरपालिका १५ जोगबनी ढाटबाट बिहीबार एक जनालाई पक्राउ गरिएको छ ।

साँझ सवा ७ बजेको समयमा सिमा प्रहरी चौकी रानी र सानो हात नेपाल नामक संस्थाले बर्दिवास नगरपालिका ६ महोत्तरी बस्ने ऋषीराज सुवेदीको छोरा बर्ष १९ को ओम प्रसाद सुवेदीले ताप्लेजुङको तेल्लोक घर भएकी १९ बर्षीया किशोरीलाई ललाइफकाइ भारतको जोगबनीतर्फ लैजाँदै गरेको अवस्थामा उद्धार गरी निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका सुवेदीलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ भने किशोरलाई सानो हात नेपाल नामक संस्थाको संरक्षणमा राखिएको उक्त कार्यालयले जनाएको छ।

0 Comments