Incident Reports

चन्द समूहका जिल्ला सेक्रेटरीसहित दुईजना पक्राउ

2019-03-28

Gandaki, Syangja, Putalibazar

 नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेता-कार्यकर्ता बिहीबार साँझ पक्राउ परेका छन् । मोटरसाइकलमा लुकिछिपी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका-१३ स्थित छहरीखोलामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । कास्कीकाे पोखरा महानगरपालिका-२७ घर भई हाल स्याङ्जा रहदैँ आएकाचन्द समूहका स्याङ्जा जिल्ला सेक्रेटरी ३३ वर्षीय गोकुल पराजुली पक्राउ परेका हुन्। एसपी लम्सालका अनुसारचन्द समूहको मजदुर महासंघका अध्यक्ष बताउने रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१ का २९ वर्षीय जीवन भनिने गोविन्द ओली पक्राउ परेका हुन्। दुवै जनालाई राज्य विरूद्धको अपराध र विष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धानका लागि शुक्रबार अदालतबाटतीन दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी नवीनकृष्ण भण्डारीले बताए। पक्राउ परेकाको साथबाट प्रहरीले बम विस्फोट गराउँदा प्रयोग गरिने सामग्री, चन्दा उठाउने रसिद, स्थानीय तहमा चन्दा माग्नको लागी पत्र काटेको अर्धकट्टीलगायत बरामद गरेको बताएको छ। उनीहरुलाई विभिन्न स्थानमा बम पड्काएको, वालिङ् नगरपालिका-१२ सिर्सेकोटमा रहेको एनसेलको टावर ध्वस्त पारेको, सर्वसाधारणलाई तर्साउने र नक्कली (होक्स) बम राख्ने, पार्टीको पर्चासहित अपराधिक क्रियाकलाप गरेको आरोप समेत रहेको डीएसपी भण्डारीले बताए। सरकारले प्रतिबन्ध लगाएकोहुँदा प्रहरीले कडाईका साथ चन्द समूहका नेता-कार्यकर्तालाई विशेष निगरानी गरेको बताएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kaski , Local Newspaper - Rupandehi

0 Comments