Incident Reports

विप्लव नेतृत्वका इञ्चार्जसहित दुईजना कार्यकर्ता गिरफ्तार

2019-03-26

Bagmati, Bhaktapur, Bhaktapur

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का इञ्चार्जसहित दुई जनालाई प्रहरीले विभिन्न मितिमा गिरफ्तार गरेको छ ।

काभ्रेमण्डन देऊपुर–३ नयाँगाउँ घरभई हाल नगरकोट बस्ने विप्लवका नगरकोट इञ्चार्ज ३४ वर्षीय चमारसिंह लामालाई प्रहरीले चैत १२ गते नगरकोटबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालयकुमार श्रेष्ठले बताए ।

लामासँगको सोधपुछको आधारमा प्रहरीले काठमाडौँ घर बताउने र हाल भक्तपुरको सानोठिमी बस्ने विप्लवका अर्का कार्यकर्ता ३६ वर्षीय सविन विक ‘विरही’ भन्ने बुद्धराज सुनारलाई चैत १३ गते बुधबार सानोठिमीबाट गिरफ्तार गरेको एसपी श्रेष्ठले बताए ।

गिरफ्तार गरिएका दुवैजनालाई १४ गते भक्तपुर जिल्ला अदालतमा म्याद थप गरी राज्यविरूद्धको अभियोगमा मुद्दा चलाएर थप अनुसन्धान सुरू भइरहेको एसपी श्रेष्ठले बताए ।

सविना केसी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments