Incident Reports

प्रहरीले कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप

2019-03-29

Province 1, Sunsari, Dharan

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीको निगरानीमा उपचाररत्त भनिएको ३३ वर्षीय नवराज भट्टराई प्रतिबन्धित नेकपाका विप्लवका कार्यकर्ता भएको खुलेको छ ।

नेकपाले प्रहरीले उपचार गरिरहेको भट्टराई आफ्नो सदस्य भएको र प्रहरीले नै घाइते बनाएको दावी गरेको छ ।

भोजपुर जिल्ला, षडानन्द गाउँपालिका–११ देउराली घर भएका भट्टराईलाई मोरङको बेलबारीमा गिरफ्तार गर्न खोज्दा भागेकाले प्रहरीको भ्यानले ठोकेर नियन्त्रणमा लिएको पीडितले बताए ।

प्रहरीले भ्यानले ठक्कर दिएर दुर्घटनामा पारी गम्भीर घाइते भई मोरंगको सुन्दर हरैंचामा बेवारिसे अवस्थामा भेटिएको भनेर झुठो प्रचार गरेको पीडित पक्षको आरोप छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइसियूमा राखेर पीडितको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आकस्मिक कक्षमा रहेको प्रतिष्ठान प्रहरीको रेकर्डमा दुर्घटनामा परेको भनेर मात्रै उल्लेख गरिएको छ ।

तर, कुन सवारी साधान, नम्बर केही उल्लेख गरिएको छैन । प्रहरीले भने यस विषयमा केही प्रतिक्रिया दिएको छैन ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी समुनकुमार तिमल्सिनाले घाइतेको उपचार आइसियूमा राखेर गरिरहेको बताए ।

‘टाउकोमा गम्भीर चोट लागेको छ । बेलबारी प्रहरीले घाइतेको उपचार हुनु पर्छ भनेको छ । उनको उपचार गर्दैछौँ अरु मलाई केही थाहा छैन ।’–डिएसपी तिमल्सिनाले भने ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले भने घटनाको बारेमा थाहा नभएको र केही भए बुझ्ने प्रतिक्रिया दिए ।


जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments