Incident Reports

दुई सय सात ठाउँमा भेटिएका बम नक्कली

2013-11-19

देशभर तीन सातायता दुई सय ८० स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । सैनिक मुख्यालयका अनुसार थोरै स्थानमा मात्रै सक्कली बम भेटिएका छन् । निर्वाचन बिथोल्ने उद्देश्यले राखिएका शंकास्पद वस्तुमध्ये दुई सय सातवटा स्थानमा फेला परेका वस्तु नक्कली भएको सैनिक मुख्यालयले जनाएको छ । धेरै ठाउँमा प्रेसरकुकर भेटिएका छन् । भेटिएका प्रेसरकुकर केही माटोले भरिएका र केही खाली र झुत्रा कपडाले बेरिएका पनि रहेको सेनाले जनाएको छ । बम भनिएका स्थानमा ग्यासका खाली सिलिन्डर, पानी भरिएका बोतल, खाजाका टिफिन बक्ससमेत भेटिएको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis