Incident Reports

थबाङ र जेलबाङमा मतदान ठप्प l

2013-11-19

Lumbini, Rolpa, Thawang

रोल्पा, मंसिर ४ - मतदान सुरु भएको ५ घण्टापछि पनि रोल्पा क्षेत्र नं २ को थबाङ र क्षेत्र नं १ को जेलबाङमा मतदान सुरु नै भएको छैन । मतदान स्थलमा कोही पनि देखिएको छैन । मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीले मतदान स्थललाई सुरक्षा प्रदान गरिरहेका छन् । ती क्षेत्रहरुमा मतदान कार्यक्रममा भाग नलिई वहिस्कार गर्न माओवादीले घरदैलो अभियान चलाएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ती मतदान केन्द्रहरुमा मतदाताहरु मत खसाल्न आएमा सुरक्षाको व्यवस्था गरिएको जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis