2019-03-29
Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 12
खोटाङ - खोटाङमा एसईई परीक्षा दिइरहेका एक विद्यार्थीलाई प्रहरीले शुक्रबार कुटपिट गरेका छन् ।
रावाबेशी गाउँपालिकाको देउराली उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेका लकुमार श्रेष्ठलाई प्रहरी जवान रामबाबु यादवले कुटपिट गरेका हुन् । प्रहरीले परीक्षा केन्द्रभित्र चिट ल्याएको भन्दै कुटपिट गरेको पीडित श्रेष्ठले बताएका छन् ।
दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका १२ जालपाका लकुमार श्रेष्ठ शारदा माध्यमिक विद्यालय हौँचुरका छात्र हुन् । लुकाएर लगेको गेसपेपर प्रहरीले देखेपछि मागेको र गेसपेपर दिएपछि किन ल्याइस् भन्दै घोप्टो पर्न लगाएर लट्ठीले हानेको पीडित विद्यार्थीले बताएका छन् ।
परिक्षा केन्द्र सुरक्षाको लागि खटिएका प्रहरी जवान यादवले भने गल्ती स्विकार्दै माफी मागेका छन् । परिक्षा केन्द्र अध्यक्ष किशोर केसी, सुरक्षाकर्मी, पीडित बिद्यार्थी, शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लगायत बुद्धिजीवी सम्मिलित बैठकमा आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका हुन् ।
परीक्षा केन्द्र सुरक्षाका लागि बसेको प्रहरीले विद्यार्थीमाथि हातपात गर्न नमिल्ने परीक्षा केन्द्रका अध्यक्ष किशोर केसीले बताउनुभयो । तर खोटाङका प्रहरी उपरीक्षक राजकुमार केसीले भने विद्यार्थी र प्रहरी शौचालय जाने क्रममा एक आपसमा ठोक्किएको र कुरा मिलिसकेको दाबी गर्नुभयो ।
पीडित विद्यार्थी अध्ययनरत शारदा मावि हौँचुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप कार्कीले भने कुटपिटमा संलग्न प्रहरी जवान रामबाबु यादव र चौकीका असई लगायतले गल्ती स्वीकार गरेर माफी मागेपछि छाडेको बताउनुभयो ।
उहाँले प्रहरीको यस्तो हर्कतले विद्यार्थीलाई मानसिक तनाव हुने र सोचे जस्तो नतिजा नआउने बताउनुभयो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | None |
Primary Cause | Law and Order Violence |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Police |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Students |
Actor 2 - Youth | youth |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance