Incident Reports

कपिलवस्तुमा गोली प्रहार गरी १ जनाको हत्या

2019-03-31

Lumbini, Kapilbastu, Krishnanagar, Ward 10

अपरिचित व्यक्तिको गोली प्रहारबाट कपिलवस्तुको कृष्णनगरमा १ जनाको मृत्यु भएको छ ।

कृष्णनगर नगरपालिका–१० विद्यानगरका ४५ वर्षीय पारस पुरीको गएराति गोली लागेर मृत्यु भएको हो ।

आफ्नो घर नजिकै बसेका बेला पुरीमाथि मोटरसाइकलमा आएका व्यक्तिले ९ बजेतिर गोली प्रहार गरेर भागेका थिए । छातीमा गोली लागेर गम्भीर घाइते बनेका पुरीको उपचार क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए ।

मृतक पुरी वैदेशिक रोजगारीमा मान्छे पठाउने एजेन्टको काम गर्दै आएका थिए । पुरीमाथि गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports