Incident Reports

बाबुको गर्भ बोकेकी किशोरीले जन्माइन शिशु, बलात्कारी बाबुलाई जन्मकैद

2018-11-01

Province 1, Dhankuta, Chaubise

छोरी बलात्कार गरी गर्भवती बनाएका एक व्यक्तिलाई जिल्ला अदालत धनकुटाले जन्मकैद सुनाएको छ।


न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । क्षतिपूर्तिबापत ५० हजार रुपैयाँ भराउनेसमेत फैसला भनिएको छ।

चौबिसे गाउँपालिकाका ती व्यक्तिले ८ महिनादेखि छोरीलाई बलात्कार गरी गर्भवती बनाएपछि घटना सार्वजनिक भएको थियो । प्रहरीले अनुसन्धानपछि मुद्दा दायर गरेको थियो ।

गत साउनदेखि बाबुले डर देखाएर बलात्कार गर्दै आएको किशोरीले बताइन् । यो खबर आजको कान्तिपुरले छापेको छ।

पटकपटक बलात्कार सिकार भएकी १६ वर्षीया किशोरी ८ महिनाकी गर्भवती भएपछि विद्यालयमा सोधपुछ गर्दा घटना खुलेको थियो।

स्थानीय एक विद्यालयमा १० कक्षामा अध्ययनरत उनको शारीरिक अवस्था परिवर्तन भएपछि शिक्षिकाले सोधपुछ गर्दा रहस्य खुलेको हो।

बाबुबाट बलात्कृत किशोरीले बुधबार शिशु जन्माएकी छन् । अदालतबाट अपराधमा संलग्न बाबुलाई जन्मकैद ठहर गरेको अघिल्लो दिन उनले अस्पतालमा शिशु जन्माएको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Morang

0 Comments