Incident Reports

रामेछापमा मतदान स्थगित

2013-11-19

काठमाडौ, मंसिर ४ - रामेछापको प्रयागेश्वर उच्च मावि पकरबास मतदान केन्द्रमा झै झगडा भएपछि आधाघण्टा अघिदेखि मतदान स्थगित भएको छ । सामान्य उमेरका मानिसलाई पनि आँखा नदेख्ने भन्दै मतदान गर्ने प्रयत्न भएपछि झैझगडा भएको हो । उक्त केन्द्रमा सेना र प्रहरीको थप टोली मद्दतको लागि पुगेको छ । मतदान केन्द्रमा आएका केही मतदाताहरु तितरवितर भएका छन् । हाल सवै मतदाताहरुलाई जम्मा पारेर मतदान शुरु गर्ने तयारी भईरहेको छ ।

0 Comments

Related Reports