2019-03-26
चन्द समूहले व्यापारी अजेयराज सुमार्गीको नाममा रहेको २५ रोपनी जग्गा कब्जामा लिएको दाबी गरेको छ । पोखरा-३२ तल्लो पटनेरीमा कित्ता नम्बर २९०६, ५७०३, २९१०, ५६९८, ५७००, ७६११, २१६५, २१६९, ५६०२, ५७१४, ५७१६, २१६७, २१७१, २१७५, २६३ ५, २८९६ र २८९९ रहेको जग्गा सुमार्गीको हुनाले शनिबार कब्जा गरिएको उक्त समूहको भनाइ छ ।
चन्द समूहले जग्गामा झन्डा र विज्ञप्ति राखेको थियो । प्रहरीले केहीबेरमै झन्डा र ब्यानर हटाएको छ । सुवासचन्द्र सिग्देल, रामचन्द्र र हरिचन्द्र सिग्देलले आफ्नो नाममा रहेको जग्गा पोखरा-१२ का बद्रीप्रसाद आचार्यसँग एक करोड रुपैयाँ सापट लिँदा धितो राखिएको थियो ।
सिग्देल परिवारले पैसा फिर्ता गर्दा जग्गा नदिई आचार्यले सुमार्गीका नाममा पास गराएको भन्दै जनपरिषद्मा उजुरी परेको विज्ञप्तिमा छ । आचार्यले उक्त जग्गा २०७१ असार २६ मा सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रालिलाई दुई करोड रुपैयाँमा बिक्री गरेको दाबी विज्ञप्तिमा गरिएको छ । पीडित परिवारले जनपरिषद्मा दिएको निवेदनउपर छानबिन गर्दा जग्गा विवादित देखिएकाले कब्जा गरिएको विज्ञप्तिमा उल्लेख छ
Violent / Non-violent | Nonviolent |
Primary Form | Extortion |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | na |