Incident Reports

प्रर्दशनको रिर्पोटिङमा गएका पत्रकार सहित तीनजना गिरफ्तार

2019-04-01

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 1

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा आबद्ध विद्यार्थीहरूले प्रर्दशन गर्ने क्रममा पोखरा मनपा–१ बगर स्थित पृथ्वी नारायण क्याम्पस अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीले चैत १८ गते बिहान रिर्पोटिङमा गएका पत्रकारसहित तीनजनालाई गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा क्रान्तिकारी विद्यार्थी संगठनका पृथ्वीनारायण क्याम्पस संयोजक प्रकाश बास्तोला, पोखरा मनपा–१२ बस्ने विद्यार्थी नेता उज्ज्वल पुन र नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष पोखरा मनपा–०७ बस्ने ३७ वर्षीय राजेन्द्र अधिकारी रहेका छन् । पत्रकार अधिकारीलाई विरोध कार्यक्रमको फोटो खिचिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले समाचार संकलनका लागि गएका पत्रकार गिरफ्तार गरिनु खेदपुर्ण कदम भएको र अधिकारीलाई तुरन्त रिहाई गर्नुपर्ने माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी ओम रानाले मसाल जुलुस र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने क्रममा गिरफ्तार गरिएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय कास्की स्थित हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रतिक्रिया दिए । गिरफ्तारीको चार घण्टापछि पत्रकार अधिकारीलाई भने रिहा गरेको प्रहरीले जनाएको छ ।


सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Kaski

0 Comments