Incident Reports

घरायसी विवादमा छोराद्वारा बावुको हत्या

2019-04-01

Province 1, Taplejung, Phungling, Ward 9

ताप्लेजुङको फुङलिङ नगरपालिका-९ बुङकुलुङका ३२ वर्षीय गजेन्द्र गुरुङको कुटपिटबाट उनकै बावुको ज्यान गएको छ।

कुटपिटबाट घाइते भएका बाबु दलबहादुर गुरुङको उपचारका लागि झापा लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङकाअनुसार चैत्र १६ गते बेलुका घरायसी विवाद भएपछि भान्साभित्र गजेन्द्रले बाबुलाई निर्घात कुट्नुका साथै धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए।

घटनापछि गजेन्द्रलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी प्रमुख डीएसपी संञ्जयसिंह थापाले बताए।मृतकको शव सोमबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको थापाले बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports