Incident Reports

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी नेता गिरफ्तार

2019-04-01

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठन अखिल क्रान्तिकारीका बागलुङ जिल्ला संयोजक २२ वर्षीय प्रविण सापकोटालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले चैत १८ गते गिरफ्तार गरेको छ ।

बागलुङ नपा–४ कुँडुले बस्ने सापकोटालाई प्रहरीले बागलुङ नपा–२ लोकतान्त्रिक चोकबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी झविन्द्रप्रसाद भट्राईले जानकारी दिए ।

गिरफ्तार गरिएका सापकोटालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।


सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments